दशैँ आउन एक महिना बाँकी रहँदै टिकट बुकिङ शुरु

दशैँ आउन एक महिना बाँकी रहँदै टिकट बुकिङ शुरु

केन्द्रबिन्दु
504
Shares

काठमाडौँ । नेपालीहरूको महान् पर्व दशैँ आउन एक महिना बाँकी रहँदै यात्रुहरूले गन्तव्यसम्म जानका लागि अग्रिम टिकट काट्न थालेका छन् । चाडपर्वको बेला भाडा महँगो हुँदै जाने र कालो बजारी हुने डरले यात्रुहरू अग्रिम बुकिङ गर्न थालेका हुन् । यद्यपि, नेपालका एयरलाइन्सहरूले अग्रिम बुकिङ खुलाउने गरेका छैनन । वायुसेवा सञ्चालक संघका अनुसार अनलाइनबाट सहज रूपमा टिकट पाइने भएपछि अधिकांश हवाइ गन्तव्यको टिकट बुकिङ गरेका हुन् ।

त्यस्तै, दशैँ, तिहार र छठ पर्वलक्षित सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ असोज पहिलो हप्तादेखि खुला गर्ने यातायात व्यवसायीहरूको तयारी छ ।

दशैँको १५ दिनअगावै लामो दूरीका सवारीको अग्रिम टिकट खुला गर्ने गरिँदै आएको छ । यातायात व्यवसायीले विगतमा जस्तै सर्तहरू भने राखेका छन् । उनीहरूले वर्षात्मा भत्किएका सडक मर्मत गर्नुपर्ने, दुई वर्षदेखि रोकिएको भाडादर समायोजन गर्न माग गरेका छन् ।

Logo