घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

केन्द्रबिन्दु
238
Shares

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ कायम थियो । जुन मूल्य हालसम्मकै उच्च हो ।

आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Logo