फोनपे र सिटिजन्स बैंकको साझेदारीमा नेपालकै पहिलो ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ को सुरुवात

फोनपे र सिटिजन्स बैंकको साझेदारीमा नेपालकै पहिलो ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ को सुरुवात

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ । सिटिजन्स बैंकले फोनपेसँगको साझेदारीमा नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्डको सुरुवात घोषणा गरेको छ । सिटिजन्स फोनपे क्रेडिट कार्ड नेपालको आफ्नै कार्ड स्किम हो । यो नयाँ समाधानले नेपालमा पहिलोपटक क्यूआर भुक्तानी र क्रेडिटको लचकतालाई पूर्णतया भर्चुअल बनाएको छ । यसले प्रयोगकर्तालाई सहज र सुरक्षित भुक्तानी अनुभव प्रदान गर्दै आफ्नो कारोबार सजिलै व्यवस्थापन गर्ने सुविधा दिने बताइएको छ ।

सिटिजन्स फोनपे क्रेडिट कार्ड सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपबाट केही सेकेन्डमै आफ्नो कार्ड प्राप्त गर्न सकिने छ भने सिटिजन्स फोनपे क्रेडिट कार्ड द्वारा १४ लाखभन्दा बढी फोनपे मर्चेन्टहरूमा सजिलै स्क्यान गरेर भुक्तानी गर्न सकिने बताइएको छ ।

यसका साथै ४५ दिनसम्म ब्याजमुक्त क्रेडिट अवधि पाइने र भुक्तानीको धेरै विकल्प पाइने उल्लेख छ । यो सीमित समयको अफर भदौ २७ बाट सुरु भएको छ । सबै योग्य सिटिजन्स फोनपे क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि उपलब्ध हुने जनाइएको छ । सुरुवाती अवसरमा सिटिजन्स बैंकले सिटिजन्स फोनपे क्रेडिट कार्डको प्रयोग गरेर भएका कारोबारहरूमा प्रतिप्रयोगकर्ता क्यासब्याक अफर प्रदान गरेको छ ।

सिटिजन्स बैंकका सीईओ गणेशराज पोखरेलले नयाँ क्रेडिट कार्डको सुरुवातलाई लिएर आफ्नो उत्साह व्यक्त गर्दै भने, “हामी फोनपेसँगको साझेदारीमा नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गर्न पाउँदा निकै उत्साहित छौँ । जुन फोनपे मर्चेन्टहरूमा स्क्यान र पेमेन्ट गरी प्रयोग गर्न सकिन्छ । यो कदमले हाम्रा ग्राहकहरूको क्रेडिट र भुक्तानीको प्रक्रियालाई पूर्ण रूपमा परिवर्तन गर्नेछ । यो नवीन समाधान हाम्रो अत्याधुनिक, ग्राहकमुखी वित्तीय सेवाहरू प्रदान गर्ने प्रतिबद्धताको प्रमाण हो ।”

फोनपे का सीईओ दिवस कुमारले भने, “फोनपेमा हामी ग्राहकहरूको अनुभवलाई अझ राम्रो बनाउन प्रतिबद्ध छौँ । नेपालकै आफ्नै भर्चुअल क्रेडिट कार्ड प्रस्तुत गर्न पाउँदा खुसी छौँ । यो कार्डले ग्राहकहरूलाई डिजिटल भुक्तानीमा थप सजिलो अनुभव दिनेछ । नेपालमा क्रेडिट कार्डको प्रयोग २ प्रतिशतभन्दा कम भएको अवस्थामा हाम्रो भर्चुअल क्रेडिट कार्डले यो कमि पूरा गर्दै स्थानीयदेखि ठूला व्यापारीहरूसम्मको नेटवर्कमा तुरुन्त पहुँच पुर्‍याएको छ ।

Logo