प्रभु बैंकका ग्राहकलाई भेनस हस्पिटलको सेवासुविधामा विशेष छुट

प्रभु बैंकका ग्राहकलाई भेनस हस्पिटलको सेवासुविधामा विशेष छुट

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूलाई भेनस हस्पिटल प्रालिमा विशेष छुटको घोषणा गरिएको छ । अस्पताल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालको सेवासुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यो अस्पताल काठमाण्डौ–११, मध्यबानेश्वरमा छ ।

एक समारोहका बीच भेनस हस्पिटल प्रालिका तर्फबाट जनरल म्यानेजर मनिषा ढकाल र प्रभु बैंक लिका तर्फबाट बाग्मती प्रदेश क्षेत्र नं १ का प्रमुख दीपेन्द्रबाबु बिष्टले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् । सो समारोहमा प्रभु बैंक लिमिटेड, बानेश्वर शाखा प्रमुख रचिता बिष्ट र भेनस हस्पिटल प्रालिकी प्रशासन प्रमुख मनिषा न्योैपाने समेतको उपस्थित रहेको थियो ।

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका पारिवारजनले भेनस हस्पिटलमा उपचार सेवा लिँदा फार्मेसी, हेल्थ प्याकेज, डाइग्नोष्टिक, अन्तर्गतका सेवाहरूमा ७ देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिभलेज कार्ड तथा क्यूआरबाट समेत भुक्तानी गर्न सक्नेछन् ।

Logo