एभरेडीद्वारा नेपाली बजारमा अल्कालाइन् ब्याट्री र साइरन टर्च लन्च

एभरेडीद्वारा नेपाली बजारमा अल्कालाइन् ब्याट्री र साइरन टर्च लन्च

केन्द्रबिन्दु
280
Shares

काठमाडौं । एभरेडी इण्डष्ट्रिज इण्डिया लिमिटेडले नेपाली बजारमा अल्कालाइन् ब्याट्री र साइरन टर्चको लन्च गरेको छ । आइतबार काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनबीच एभरेडीले आफ्ना पछिल्ला आविष्कारहरु नयाँ र सुधारिएको अल्टिमा अल्कालाइन् ब्याट्री तथा डिएल १०२ साइरन टर्च लन्च गरेको हो ।

एभरेडी इण्डष्ट्रिज इण्डिया नेपालको ब्याट्री र टर्चलाइट बजारको एक अग्रणी कम्पनी हो ।

एभरेडीले आफ्नो अद्भुत ‘खेलिन्छ त सिकिन्छ’ भन्ने अभियानमार्फत बालबालिकाहरुको मज्जा भन्दा पनि बाहिर मित्रता, साझेदारी र करुणा जस्ता आवश्यक जीवनपयोगी सिपहरुलाई बढावा दिन्छ भनेर प्रकास अल्टिमा अल्कालाइन् ब्याट्रीहरु प्रस्तुत गरेको हो ।

आविष्कार प्रतिको एभरेडीको प्रतिबद्ध स्वरुप नयाँ अल्टिमा शृंखलाले ४०० गुणा बढी कार्यक्षमता प्रदान गर्ने एए र एएए ब्याट्रीहरु ८०० प्रतिशत लामो कार्यसम्पादन दिने अल्टिमा प्रोका साथ प्रभावशाली क्षमताहरु प्रदान गर्ने जनाइएको छ । खेलौनाहरु, भिडियो गेमहरु र चिकित्सकीय औजारहरु जस्ता उच्च शक्ति खपत गर्ने उपकरणहरुका लागि विशेष रुपमा डिजाइन गरिएको यी ब्याट्रीहरु अल्कालाइन् प्रविधिमा एभरेडीको उत्कृष्टताको प्रमाण भएको दाबी गरिएकाे छ ।

यसका साथै एभरेडी डिएल १०२ साइरन टर्चलाई ब्राण्डको ‘आवाज उठाउने शक्ति’ अभियानका साथ कान नसुन्ने र बोल्न नसक्नेहरुका लागि एभरेडीको उद्देश्य परिचालित आविष्कारको रुपमा प्रस्तुत गरिएको छ । यसमा १०० डेसिबल एसओएस अलार्म, युएसबि टाइप बिको चार्जिङ र विभिन्न थरीका प्रकाश फ्याँकने विशेषताहरु छन्,जसले यसलाई अझ ठोस शक्तिशाली बनाएको छ ।

सम्मेलनमा मन्तव्य राख्दै एभरेडी इण्डष्ट्रिज इण्डिया लि. का एसबियु प्रमुख अनिर्वान बेनर्जीले नेपालमा यी उत्पादनहरुको बिक्री वितरण शुरु हुनुले नेपाली बजारलाई नविन खोज, धेरै समय चल्ने शक्ति प्रवद्र्धन गर्ने अत्याधुनिक समाधानहरु र सुरक्षाका साथ सेवा प्रदान गर्ने एभरेडीको रणनीतिक विस्तार र प्रतिबद्धतालाई झल्काउने बताए । उनले अल्टिमा अल्कालाइन् ब्याट्रीहरुमा ४०० देखि ८०० प्रतिशतसम्मको दीर्घ जीवन भएको र यी उत्पादनहरु उच्च खपत गर्ने उपकरणहरुका लागि एकदम सही हुने दावी गरे ।

त्यसैगरी, एभरेडी साइन टर्च एउटा उत्पादनकात्र नभइ, यो सुरक्षा, सशक्तिकरणको प्रतिक भएको र यसले आकस्मिक अवस्थाहरुमा आवाज उठाउन मद्दत गर्ने बताएका छन् ।

उक्त लन्च समारोहको प्रमुख अतिथिको रुपमा नेपाली करातेको सिल्भर मेडलिस्ट एरिका गुरुङ उपस्थित थिइन् । उनले लन्च समारोहमा सहभागी हुन पाउँदा खुशी व्यक्त गर्दैै एभरेडी डिएल १०२ साइरन टर्च महिलाहरुका लागी अत्यन्त लाभदायी हुने बताइन् ।

Skip This
Skip This
Logo