बजेट ल्याउँदै सुदूरपश्चिम सरकार

बजेट ल्याउँदै सुदूरपश्चिम सरकार

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले भदौ ३१ गते (पर्सी) चालू आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले बजेट निर्माणका लागि निर्धारण गरेको ४ वटा आधारहरूभित्रै रहेर बजेटको तयारी गरेको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले पत्रकार सम्मेलनको आयोजना गरी भदौ ३१ गते बजेट ल्याउने बताएका हुन् । उनले गत असार १ गते सदनमा प्रस्तुत भएको बजेटमा सामान्य पुनरवलोकन गरेर बजेट ल्याउने तयारी गरेको जानकारी दिए ।

निवर्तमान मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले गत असार १ गते प्रदेश सभामा विनियोजन विधेयक (बजेट) पेश गरेको थियो । तर राजनीतिक समीकरण परिवर्तनसँगै प्रदेश सरकारले बजेट पास गर्न नसक्दा बजेट शून्यताको अवस्था सिर्जना भएको छ ।

Logo