प्रतिनिधिसभा बैठकमा आज ‘सहकारीसम्बन्धी छानबिन समितिको प्रतिवेदन’ पेस हुँदै

प्रतिनिधिसभा बैठकमा आज ‘सहकारीसम्बन्धी छानबिन समितिको प्रतिवेदन’ पेस हुँदै

केन्द्रबिन्दु
462
Shares

काठमाडौँ । संघीय संसद्अन्तर्गत दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा आज सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन पेस हुने भएको छ । समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले ‘सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९–०८०’ पेस गर्ने कार्यसूची छ भने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको विधायन विधेयक, २०८० छलफल र पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने बैठकको कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

Logo