सहकारीको रकम हिनामिनामा संलग्न रहेको भन्दै रवि लामिछानेलाई कारबाही गर्न सिफारिस (पूर्णपाठ)

सहकारीको रकम हिनामिनामा संलग्न रहेको भन्दै रवि लामिछानेलाई कारबाही गर्न सिफारिस (पूर्णपाठ)

केन्द्रबिन्दु
182
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेलाई कारबाही गर्न सिफारिस गरिएको छ । आज प्रतिनिधिसभामा पेश भएको सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले लामिछानेलाई कारबाहीका लागि सिफारिस गरेको हो ।

समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीका अनुसार सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडिया नेटवर्क प्रालिको खातामा आइसकेपछि रकम खर्च गर्ने–गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गरिएको छ ।

सहकारीको रकम हिनामिनाको अध्ययन अनुसन्धान गर्न गएको जेठ १५ गते गठन भएको समितिले निर्णय प्रक्रियामा संलग्न सबैलाई कानून बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा पठाउन नेपाल सरकारलाई सिफारिस गर्ने प्रतिवेदनमा उल्लेख छ ।

report-of-misuse-of-cooperative-savings

Logo