गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा अनिल रेग्मी नियुक्त

गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा अनिल रेग्मी नियुक्त

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा अनिल रेग्मी नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैंठकले सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत रेग्मीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

रेग्मी २ वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए । चार्टड एकाउन्टेन्ट रहेका रेग्मीलाई असोज १ गतेदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको छ ।

रेग्मी गत चैत १५ गतेदेखि विकास बैंकको कम्पनी सचिवको जिम्मेवारी समेत सम्हाल्दै आएका थिए । नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीसँग तत्कालीन जनता बैंक लिमिटेड र तत्कालीन सेन्चुरी कमर्शियल बैंक लिमिटेडमा ११ वर्षसहित बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तहका रही करिब १३ वर्ष कार्य गरको अनुभव छ ।

बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुपूर्व लेखापरीक्षण तथा कन्सल्टेन्सी पेशामा आवद्ध रेग्मीसँग बैंकिङ्गलगायत अन्य राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघसंस्थाहरूको लेखापरीक्षण कार्य गरेको अनुभवसमेत रहेको छ । काठमाडौँको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौँ उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर मार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Logo