ग्राहकलाई कसरी सेवा दिनुपर्छ एनसेलबाट सिके हुन्छः प्रमुख सूचना अधिकृत उपाध्याय

ग्राहकलाई कसरी सेवा दिनुपर्छ एनसेलबाट सिके हुन्छः प्रमुख सूचना अधिकृत उपाध्याय

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । नेपालमा निजी क्षेत्रको पहिलो जीएसएम सेलुलर टेलिकम्युनिकेसन सेवा प्रदायक एनसेलका प्रमुख सूचना अधिकृत विशालमणी उपाध्यायले एनसेलले हालसम्मकै उत्तम सेवा दिइरहेको दाबी गरेका छन् ।

१९औं वार्षिकोत्सवको अवसरमा मंगलबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमबीच प्रमुख सूचना अधिकृत उपाध्यायले टेलिकम सेक्टरमा एनसेल नआइपुग्दाको अवस्थामा सिमकार्ड लिनका लागि भोगेको सकस स्मरण गराउँदै एनसेलको यहाँसम्मको यात्रालाई बिर्सन नहुने बताएका हुन् ।

उनले भने, ‘टेलिकम सेक्टरमा एनसेल नआउँदा हामीले सिमकार्ड लिनका लागि भोगेको सकस र लाइनमा बस्दा खानु परेको लाठीचार्ज कहिल्यै बिर्सनु हुन्न । त्यस स्थानबाट सुरु भएर आजको दिनसम्म आइसक्दा टेलिकम कम्पनीबीच कम्पिटिसन आयो । सेवा कसरी दिनुपर्छ भन्ने पनि एनसेलले प्रत्यक्ष देखाएको छ ।’

उनी थप्छन्, ‘अहिले पनि सरकारी सेवा लिन जाँदा सर्भर डाउन भन्ने कुरा सुन्छौं तर टेलिकम्युनिकेसन सेक्टरमा यस्तो कहिल्लै भएको छैन । प्राविधिक समस्याहरु नै नआउने पक्कै होइन तर एनसेल आएपछि नै पैसा मात्र होइन कसरी काम गर्नुपर्छ भन्ने पनि सिक्यौं । ’

सन्‌ २००५ मा एनसेलले आफ्नो सेवा सचालनमा ल्याउँदै यात्रा शुरु गरेको थियो । त्यसबेलादेखि नै कम्पनीले आफ्ना सेवाहरू प्रदान गर्दै नेपालको दूरसञ्चार क्षेत्रमा आमुल परिवर्तन ल्याएको छ र सेवामा पहुँच सुनिश्चित गराउँदै ग्राहक सेवामा व्यापक परिवर्तन ल्याउनमा ठूलो योगदान दिएको जनाएको छ ।

Logo