दशैं अफरः याडियाका स्कुटर किन्दा विशेष छुट

दशैं अफरः याडियाका स्कुटर किन्दा विशेष छुट

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । नेपालीहरुको महान् चाड दशैं तिहारलाई लक्षित गर्दै याडिया स्कुटरको आधिकारिक वितरक कुजु नेपालले विशेष छुटको अफर ल्याएको छ ।

अफरअन्तर्गत आफ्ना लोकप्रिय स्कुटरहरू ई८एस प्रो, जी६ र एम६ लगायत मोडल किन्दा ग्राहकहरुले १० हजार छुट पाउनेछन् । यो विशेष छुट सीमित समयको लागि मात्र उपलब्ध हुने छ । छुटको अतिरिक्त कम्पनीले पुराना बाइक र स्कुटरहरूका लागि एक्सचेन्ज सुविधा पनि प्रदान गरिरहेको छ ।

साथै, ग्राहकको सहजताका लागि ईएमआई सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ । नेपाली बजारमा ई८एस प्रो स्कुटरको मूल्य २ लाख ३० हजार, जी६ लाई २ लाख ६० हजार र एम६ को १ लाख ७५ हजार रुपैयाँ पर्छ ।

Logo