लुयान स्कुटरले ल्यायो दशैं-तिहारको धमाका अफर

लुयान स्कुटरले ल्यायो दशैं-तिहारको धमाका अफर

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । लुयान स्कुटरको नेपालका लागि आधिकारिक वितरक ‘जिरो इमिसन राइड (एन)’ ले आकर्षक अफर ल्याएको छ ।

‘दशैं तिहार तथा छठ धमाका अफर’ नामक यस अफरअन्तर्गत लुयानको विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकहले १० हजार छुट सहित अन्य सुविधाहरु समेत प्राप्त गर्नेछन् । थै, एउटा प्रिमियम हेलमेट, विमा तथा नामसारी खर्च, चालु आर्थिक बर्षको कर, ६ पटकसम्म निशुल्क सर्भिस तथा स्कुटरका विभिन्न कम्पोनेन्टहरुमा वारेन्टी समेत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

अन्य कुनै पनि कम्पनीका पुराना बाइक तथा स्कुटरसँग साटेर लुयानका नयाँ स्कुटर लैजान समेत पाइनेछ । साथै फाइनान्सको सुविधा समेत पाउन सकिनेछ । यो स्किम कम्पनीलको मुख्य शोरुम नागपोखरी, काठमाण्डौं लगायत अन्य शोरुम तथा डिलरहरुबाट पाउन सकिनेछ ।

Logo