भिडोल लुब्रिकेन्टको डिलर मिट धनुषामा सम्पन्न

भिडोल लुब्रिकेन्टको डिलर मिट धनुषामा सम्पन्न

केन्द्रबिन्दु
56
Shares

धनुषा । भिडोल लुब्रिकेन्टले धनुषामा डिलर मिट सम्पन्न गरेको छ । भिडोलको नेपालका लागि आधिकारिक वितरक तथा उत्पादक युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिज प्रालिले धनुषाको ढल्केबरस्थित गौतम होटलमा गत सोमबार डिलर मिट सम्पन्न गरेको हो।

देशभरका ४२ डिलरको सहभागिता रहेको सो अवसरमा भिडोल इन्टरनेसनल लिमिटेड, युकेका डाइरेक्टर अरिजित वासुले नेपाली बजारमा भिडोलको उपस्थिति उत्साहजनक रहेको उल्लेख गर्दै भिडोललाई विश्व बजारमा अझै उल्लेख्य रूपमा पुर्‍याउने कम्पनीको योजनाका बारेमा बताएका थिए ।

युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजका डाइरेक्टर दिपेन्द्रकुमार मिश्रले भिडोललाई नेपाली ग्राहकबीचमा पुगाउनका लागि डिलरहरूको महत्त्वपूर्ण भूमिका भएको बताए । इन्डष्ट्रिजका डेपुटी जनरल म्यानेजर दिनेश खनालले कम्पनीले उत्पादन गर्ने विभिन्न उत्पादन र भविष्यको योजनाका बारेमा प्रस्तुतीकरण गरेका थिए भने सो अवसरमा भिडोल इन्टरनेसनल लिमिटेडका डाइरेक्टर वासुले भिडोल लुब्रिकेन्टको नेपालका लागि फ्रेन्चाइजी युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजका डाइरेक्टर दिपेन्द्रकुमार मिश्रलाई हस्तान्तरण गरेका थिए ।

सो अवसरमा जनरल म्यानेजर दिनेश खनाललाई ‘टोकन अफ एप्रिसिएसन’ प्रदान गरिएको थियो भने सबै डिलर प्रतिनिधिहरूलाई ‘टोकन अफ लभ’ प्रदान गरिएको थियो । भिडोल लुब्रिकेन्ट उत्पादनका लागि धनुषाको मिथिला नगरपालिका वडा नम्बर ३, लालभित्तीमा युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजले १ लाख ७५ हजार ८७६ वर्गफिट क्षेत्रफलमा २० लाख लिटर क्षमताको स्टोरेज रहेको उद्योग स्थापना गरेको छ । यहाँ मासिक रूपमा प्रतिसिफ्ट १० लाख लिटर लुब्रिकेटिङ आयल उत्पादन गर्न सकिन्छ । विश्वका १२ देशमा भिडोलको ब्रान्ड लाइसेन्स उपलब्ध भएको र यो लाइसेन्स प्राप्त गर्ने नेपाल १२औँ देश बनेको छ । ती देशका १८ स्थानमा भिडोल लुब्रिकेन्ट ब्लेन्डिङ हुने गर्छ र ७५ भन्दा बढी देशमा यसको उपस्थिति छ ।

भिडोल लुब्रिकेन्ट नेपाली बजारमा सन् २०१२ देखि नै उपलब्ध छ । यो लुब्रिकेन्ट सवारी साधनतर्फ मोटरसाइकल, कार, मिनीभ्यान, एसयूभी र कमर्सियल तथा हेभी इक्विपमेन्टमा प्रयोग भइरहेको छ ।

Logo