बीवाईडीले विद्युतीय स्कुटर ल्याउँदै, यस्तो हुनेछ ब्याट्री क्षमता

बीवाईडीले विद्युतीय स्कुटर ल्याउँदै, यस्तो हुनेछ ब्याट्री क्षमता

केन्द्रबिन्दु
518
Shares

काठमाडौँ । चिनियाँ अटो निर्माता बीवाईडीले विद्युतीय स्कुटर ल्याउने तयारी गरेको छ । न्यू इनर्जी भेइकलमा कहलिएको यस कम्पनीले हालै यसको पेटेन्ट डिजाइन सार्वजनिक गरेको छ ।

मिडिया रिपोर्टका अनुसार कम्पनीले आफ्नो तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । नयाँ स्कुटर २० देखि ३५ बीएचपी पावरका साथ २५० देखि ३५० सीसी सेग्मेन्ट बरावरको म्याक्सी डिजाइनमा आउने अनुमान गरिएको छ । पेटेन्ट डिजाइन अनुसार स्कुटरमा ९ देखि १२ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान हुने आँकलन गरिएको छ । यो स्कुटर चाँडै बजारमा आउने उल्लेख गरिएको छ ।

यसमा फ्रन्ट फोर्क, डुअल शक एब्जर्बर, ठूलो सिट, नकल गार्डहरू, ठूलो विन्डस्क्रिन, स्प्लिट हेडल्याम्पहरू र मोटरमा जडान गरिएको कोक्सिअली माउन्टेड स्विङआर्म जस्ता फिचरहरू उपलब्ध हुने बताइएको छ ।

Logo