आजको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ एकको खरिदर एक सय ३३ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ २० पैसा कायम भएको छ ।

युरोपियन यूरोको आजको मूल्य एकको खरिदर एक सय ४९ रुपैयाँ ०७ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ७४ पैसा कामय भएको छ ।

यस्तै, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५७ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ ३६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ १५ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९९ रुपैयाँ ०१ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ३९ र बिक्रीदर एक सय तीन रुपैयाँ ८६ पैसा कायम भएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३३ पैसा र बिक्रीदर नौ रुपैयाँ ३८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा कायम छ । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६० पैसा र बिक्रीदर ३५ रुपैयाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८१ पैसा कायम भएको छ । थाई भाट एकको खरिददर चार रुपैयाँ ०३ पैसा र बिक्रीदर चार रुपैयाँ ०५ पैसा कायम छ । साथै युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५४ पैसा रहेको छ ।

मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०५ पैसा र बिक्रीदर १० रुपैयाँ १० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १६ पैसा र बिक्रीदर १३ रुपैयाँ २२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९९ पैसा र बिक्रीदर २० रुपैयाँ ०८ पैसा छ ।

हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ १४ पैसा र बिक्रीदर १७ रुपैयाँ २२ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ९५ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ९१ पैसा छभने बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ ४९ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ०८ पैसा कायम भएको छ ।

Logo