फेरि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

फेरि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

केन्द्रबिन्दु
644
Shares

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५७ हजार १०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ५५ हजार ६०० रुपैयाँ कायम भएको थियो ।

शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ८८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार बढेर १ हजार ९१५ रुपैयाँ कायम भएको हो ।

Logo