फोनपेद्वारा ‘सुपर यात्रा’ अभियानको घोषणाः हवाइ टिकटको खरिदमा आकर्षक क्यासब्याक

फोनपेद्वारा ‘सुपर यात्रा’ अभियानको घोषणाः हवाइ टिकटको खरिदमा आकर्षक क्यासब्याक

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । नेपालको प्रमुख डिजिटल भुक्तानी नेटवर्क फोनपेले ‘सुपर यात्रा’ अभियानको घोषणा गरेको छ । दशैँ र तिहारलगायतका चाडपर्व नजिकिँदै गर्दा फोनपेले असोज २ गतेदेखि लागू हुनेगरी प्रतीक्षित ‘सुपर यात्रा’ अभियानको घोषणा गरेको हो ।

यस घोषणाअन्तर्गत प्रयोगकर्ताले हवाई टिकटको खरिदमा आकर्षक क्यासब्याक पुरस्कार पाउने भएका छन् । नयाँ प्रयोगकर्ताहरूले पहिलो हवाइ टिकट बुकिङमा ३ सय रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् भने विद्यमान प्रयोगकर्ताले टिकट खरिदमा २ सय रुपैयाँ क्यासब्याकको लाभ लिन सक्ने बताइएको छ ।

यी क्यासब्याक प्रस्तावहरूका अतिरिक्त फोनपेले रोचक गिफ्टहरूको पनि घोषणा गरेको छ । एक भाग्यमानी विजेताले एक वर्षका लागि निःशुल्क हवाइ टिकट प्राप्त गर्नेछन् । हरेक हप्ता पाँच भाग्यमानी सहभागीहरूले स्मार्टवाच जित्ने अवसर पाउनेछन् ।

यस्तै, चाडपर्वको समयमा यात्रा मागको उच्च स्तरलाई पूरा गर्न र प्रयोगकर्ताहरूलाई हवाइ टिकट बुकिङका लागि सहज र सस्तो डिजिटल भुक्तानी विकल्पहरू प्रदान गर्न डिजाइन गरिएको छ । सहज अनलाइन सेवाहरूको बढ्दो प्राथमिकतासँगै फोनपे प्रयोगकर्ताहरूलाई हवाइ टिकट बुकिङका लागि एक समर्पित र नगदरहित अनुभव प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीको भनाइ छ ।

“दशैँ र तिहार नेपालमा प्रमुख यात्रा सिजनहरू हुन् । ‘सुपर यात्रा’ अभियान मार्फत हामी हाम्रा ग्राहकहरूलाई सस्तो र सुविधाजनक यात्रा विकल्पहरू प्रदान गर्न चाहन्छौँ,” फोनपेका सीएसओ सुभोद शर्माले भने, “क्यासब्याक प्रोत्साहन र गिफ्टहरूको माध्यमबाट हामी ग्राहक सन्तुष्टि बढाउन र थप प्रयोगकर्ताहरूलाई डिजिटल भुक्तानी अपनाउन प्रोत्साहित गर्न चाहन्छौँ ।”

Logo