शाओमीको रिटेलर्स मिट सम्पन्न

शाओमीको रिटेलर्स मिट सम्पन्न

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले वार्षिक रिटेलर्स मिट सम्पन्न गरेको छ । आफ्ना रिटेलरहरूसँगको सम्बन्ध थप प्रगाढ पार्ने उद्देश्यले देशका विभिन्न स्थानमा रिटेलर्स मिटको आयोजना गरिएको हो ।

भदौ २४ मा काठमाडौँको हायात रेजेन्सीबाट सुरु भएको यस वर्षको रिटेलर्स मिट क्रमशः भदौ २६ मा इटहरी, २८ मा नेपालगन्ज र ३० मा पोखरामा आयोजना भएको कम्पनीले जनाएको छ ।

देशभर रहेका आफ्ना रिटेलरहरूसँग सहकार्य गर्नुका साथै अहिलेसम्म हासिल गरेका उपलब्धीहरू मनाउने उद्देश्यले यस रिटेलर्स मिटको आयोजना गरिएको शाओमीले जानकारी दिएको छ ।

डिलर्स मिटलाई सम्बोधन गर्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, “यस वार्षिक रिटेलर्स मिटको अवसरमा रिटेलरहरूसँग भेटघाट गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौँ । यहाँ उपस्थित सम्पूर्ण रिटेलर, साझेदारहरू तथा समर्थकहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौँ । हाम्रा सम्पूर्ण उपलब्धीहरूमा तपाईंहरूको उत्साह र लगनशीलताको उल्लेखनीय भूमिका रहेको छ ।”

रिटेलर्स मिटमा लाइभ म्युजिक, नृत्य प्रस्तुतिका साथै अन्य अन्तरक्रियात्मक क्रियाकलापहरू समावेश थिए । यस रिटेलर्स मिटले देशभरका रिटेलरहरूलाई शाओमीको लिडरसीप टिमसँग अन्तरक्रिया गर्न, बजार स्थितिको बारीमा छलफल गर्न र नयाँ अवसरहरू खोजी गर्ने मौका दिएको छ । यस रिटेलर्स मिटले शाओमी ब्राण्ड र यसको रिटेलर नेटवर्क दुवैलाई निरन्तर संवादमा रहन तथा विभिन्न समस्याहरूको समाधानमा सहकार्य गर्न मद्दत पुर्‍याएको कम्पनीले जनाएको छ ।

Logo