स्काइवर्थ सपना सा कार अफरअन्तर्गत दशैंँतिहारमा जित्नुहोस् यी उपहार

स्काइवर्थ सपना सा कार अफरअन्तर्गत दशैंँतिहारमा जित्नुहोस् यी उपहार

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ । केएल दुगड ग्रुपअन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रालिले आउँदै गरेको चाडपर्वको अवसरलाई अझ रोमाञ्चक बनाउन ‘स्काइवर्थ सपना सा कारः दशैँ तिहारको बहार, बम्परमा कार उपहार’ अफर ल्याएको छ ।

असोज १ गतेदेखि कार्तिक ३० गतेसम्म लागू हुने यो अफरअन्तर्गत ग्राहकहरूले बम्पर पुरस्कारमा एमजी कमेट ईभी कार जित्न सक्नेछन् । यसका साथै विभिन्न होम अप्लायन्सहरूमा ४० % सम्म छुट प्राप्त गर्न सक्ने भएका छन् ।

यो दशैँ र तिहारको अफरमा अन्य थुप्रै पुरस्कारहरू पनि उपलब्ध छन् । जहाँ हरेक हप्ता हुने लक्की ड्रका विजेताले माइक्रोवेभ जित्न सक्ने छन् । स्काइवर्थ नेपालले नेपाली बजारमा टेलिभिजन, फ्रिज, वाशिंग मेसिन, एयर कन्डिसनर जस्ता उच्च गुणस्तरीय, अत्याधुनिक प्रविधिसहितका होम एप्लायन्सेसहरू उपलब्ध गराउँछ । उच्च गुणस्तर र अत्याधुनिक प्रविधिका लागि परिचित स्काईवर्थ उत्पादनहरूले नेपालभरका उपभोक्ताहरूको विश्वास जित्न सफल भएको कम्पनीको दाबी छ ।

Logo