पलेसालाई बीवाइडीको डल्फीन कार उपहार

पलेसालाई बीवाइडीको डल्फीन कार उपहार

केन्द्रबिन्दु
1.1k
Shares

काठमाडौं । पारा ओलम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेसा गोवर्धनले बीवाइडीको डल्फीन कार उपहार पाएकी छन् ।

नेपालका लागि बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले पलेसालाई ४१ लाख १५ हजार रुपैयाँ मूल्य पर्ने उक्त कार हस्तान्त्रण गरेको हो । उक्त गाडी हस्तान्त्रण गर्दै साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भनिन्, ‘नेपाललाई विश्वसामु चिनाउने पलेसालाई सम्मान गर्दा गर्व महशुस भएको छ ।’

कार्यक्रममा साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ लगायतको उपस्थिति थियो । कम्पनीले कुनै किसिमको साझेदारी नगरेर विसुद्ध प्रतिभाको सम्मान गरेको जनाएको छ ।

नेपाललाई पारा ओलम्पिकमा ऐतिहासिक पदक दिलाएकी गोवर्धनले तेक्वान्दोको ५७ केजीभन्दा कम तौलको प्रतिस्पर्धामा सर्वियाली खेलाडीलाई पराजित गरी कास्य पदक जितेकी थिइन् । पलेसा ओलम्पिक प्रतिस्पर्धामा पदक जित्ने पहिलो नेपाली खेलाडी समेत हुन् । सन् २०२१ को एसिया यूथ पारा गेम्समा स्वर्ण जितेकी पलेसाले सन् २०१० देखि तेक्वान्दो खेल्न सुरु गरेकी हुन् ।

Logo