सांस्कृतिक सम्पदाहरूलाई जलवायु परिवर्तनको असरबाट जोगाऔः मन्त्री पाण्डे

सांस्कृतिक सम्पदाहरूलाई जलवायु परिवर्तनको असरबाट जोगाऔः मन्त्री पाण्डे

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जलवायु परिवर्तनका कारण बाढी डढेलो, खडेरी तथा समुन्द्र सतह वृद्धि जस्ता प्राकृतिक प्रकोप बढिरहेका वेला सांस्कृतिक सम्पदाहरूको संरक्षणमा ध्यान दिनुपर्ने बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयको संस्कृति विभाग, युनेस्को, एशिया प्रशान्त क्षेत्रको उच्च शिक्षा सञ्जाल लगायतका संस्थाले आइतबार राजधानीमा संयुक्त रूपमा आयोजना गरेको प्रकोप र जलवायु परिवर्तनको सन्दर्भमा समुदायको सहनशीलता निर्माणमा अमूर्त सांस्कृतिक सम्पदाको भूमिका विषयक अन्तरराष्ट्रिय सम्मेलनमा उक्त कुरा बताएका हुन् ।

उनले परम्परागत ज्ञानलाई आधुनिक विज्ञानसँग एकीकृत गरेर पूर्वतयारी, न्यूनीकरण र अनुकूलनका रणनीतिहरू विकास गर्न सकिने उल्लेख गर्दै बाढीको अबस्थाबारे आदिवासी ज्ञानलाई भूउपग्रह प्रविधिसँग जोडेर सटिक रूपमा पूर्वसूचना प्रदान गर्न सकिने बताए ।

सम्बोधनका क्रममा मन्त्री पाण्डेले अहिलेको विश्व गम्भीर रूपान्तरणको अवस्थामा रहेको र जलवायु परिवर्तन अब कुनै टाढाको खतरा नभई वर्तमान अवस्थाको वास्तविकता भएको उल्लेख गर्दै यसबाट समाजले बारम्बार बाढी, डढेलो, खडेरी र समुन्द्र सतह जृद्धि जस्ता प्रकोप झेल्नुपरिरहेको र सम्वेदनशील क्षेत्रका समुदायहरू जोखिमको अग्रभागमा रहेको बताए ।

मन्त्री पाण्डेले जापानमा प्राकृतिक प्रकोपपछि परम्परागत काठका संरचनाहरूको वार्षिक पुनर्निर्माण गर्ने परम्पराको उदाहरण प्रस्तुत गर्दै यी कुरा केवल संरक्षणको विषय मात्र नभएर समुदायको एकजुट हुन र एकअर्कासँग र आफ्नो वातावरणसँगको सम्बन्धलाई पुनः पुष्टि गर्ने तरिका भएको बताए ।

अफ्रिकामा परम्परागत संगीत र कथा वाचनले प्रकोपका वेला हुने आघात र क्षतिको सामना गर्नमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै पूर्वीय सभ्यतामा कथा भन्नु इतिहास र ज्ञानको हस्तान्तरणको एक हिस्सा भएको मन्त्री पाण्डेको भनाइ छ ।

Logo