अर्थमन्त्री पौडेल र अन्तरराष्ट्रिय मुद्रा कोषकी उपनिर्देशक गुप्ताबीच भेट

अर्थमन्त्री पौडेल र अन्तरराष्ट्रिय मुद्रा कोषकी उपनिर्देशक गुप्ताबीच भेट

केन्द्रबिन्दु
140
Shares

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)को एसिया प्रशान्त क्षेत्रकी उपनिर्देशक रूपा दत्तगुप्ताबीच शिष्टाचार भेट भएको छ ।

अर्थ मन्त्रालयमा भएको भेटमा उपनिर्देशक गुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको आफूले जानकारी पाएको बताइन् ।

उनले नेपालमा लागानी सहजीकरण सम्बन्धी कानुनहरू परिमार्जन हुँदै गएको, राजस्व परिचालन रणनीति कार्यान्वयनमा आएको, अर्थतन्त्र सम्बन्धी विभिन्न सुझावहरू कार्यान्वयन हुँदै गएकाले आफू उत्साहित भएको धारणा व्यक्त गरिन् । सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई सुदृढ गर्न सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको जानकारी गराए ।

Logo