दोलखा र सिन्धुपाल्चोक जोड्ने डासेँ खोलाको पुल उद्घाटन

दोलखा र सिन्धुपाल्चोक जोड्ने डासेँ खोलाको पुल उद्घाटन

केन्द्रबिन्दु
476
Shares

काठमाडौँ । दोलखाको शैलुङ–१ र सिन्धुपाल्चोकको लिसंखुपाखर–१ जोड्ने डासेँ खोला पुल उद्घाटन गरिएको छ ।

दोलखा–सिन्धुपाल्चोक–रामेछाप–काभ्रेको संगमस्थल डाँसेखोलामा पक्की मोटर पुल निर्माण सम्पन्न भएपछि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्वबागमती प्रदेश वन तथा वातावरण मन्त्री विशाल खड्काबाट पुल उदघाटन गरिएको हो ।

पुल उद्घाटनपछि पूर्ववनमन्त्री खड्काले पुल निर्माणपश्चात् स्थानीयमा देखिएको खुशीयाली कुनै ठूलो विजयोत्सवभन्दा कम नरहेको बताए । उनले भने,‘यस खोलाले बगाएर आफन्त गुमाएका परिवारजनले पुल उद्घाटन कार्यक्रममा प्रस्तुत गरेको भावना असाध्यै मर्मस्पर्शी थियो । पुल निर्माणपश्चात् स्थानीयमा देखिएको खुशीयाली साँच्चिकै ठूलो विजयोत्सव जस्तो देखिन्थ्यो ।’

करिब ६ करोड ३० लाख रुपैयामा पुल निर्माणको कार्य सम्पन्न भएको हो । उनलाई उद्घाटन समारोहमा स्थानीयले बाजागाजासहित भव्य स्वागत गरेका थिए ।

Logo