ईभी एसयुभी ‘जेकाे-जे६’काे अफरोड ट्रयाकमा सफल परीक्षण

ईभी एसयुभी ‘जेकाे-जे६’काे अफरोड ट्रयाकमा सफल परीक्षण

केन्द्रबिन्दु
280
Shares

नेपालकै पहिलो इलेक्ट्रिक अफरोड एसयुभी ‘जेकाे-जे६’ले अफरोड ट्रयाकमा सफल परीक्षण गरेको छ ।

शनिबार धुलिखेलको डर्ट टेम्पलमा ‘अफरोड ट्रेल एड्भेन्चर’ नाम दिएर परीक्षण गरेको ओमोडा–जेकोको आधिकारीक बिक्रेता एसपीजी अटोमोवाइलले सफल परिक्षण गरेको हाे । नेपालमा बढ्दो इलेक्ट्रिक भेइकल ट्रेन्डमा माटो सुहाउँदो ‘जेकाे-जे६’ को सफल परीक्षणपछि अधिकांश चालकले इलेक्ट्रिक गाडीमा अलग्गै अनुभव गर्न पाएको प्रतिक्रिया दिएका थिए ।

अहिलेसम्म नेपाली बजारमा रहेका इलेक्ट्रिक क्रसओभरहरु लिएर पहाडी कच्ची बाटोमा यात्रा गर्न कमैले आँट गरेका थिए । तर, अफरोडको लागि उपयुक्त बनेर आएको एसयूभी सेग्मेन्टको ‘जेकाे-जे६’को सफल परिक्षणपछि जो कोहीलाई जे–६ लिएर हिँड्न आँट आएको छ।

अफरोडमा जे–६ लिएर हिँड्न आँट आउँनुको अर्को मुख्य कारण यसको बडी एङगल पनि हो । यसको अप्रोच एङ्गल २६ डिग्री र डिपार्चर एङ्गल २९ डिग्री छ । साथमा रहेको २०० एमएम अग्लो ग्राउन्ड क्लियरेन्सले यसलाई ट्रु अफरोडर बनाएको छ ।

चेरीको सहायक ब्राण्ड ओमोडा–जेकोले उत्पादन गरेको ‘जेकाे-जे६’ चेरीकै आई कार हो । अगाडि लोगोदेखि सबै लाइट आई अक्षरमा डिजाइन गरिएको ‘जेकाे-जे६’ मा मस्कुलर बम्पर, १८ इन्चको स्मार्ट अलोय ह्वील, वेलकम लाइट, मस्कुलिङ ह्वील आर्क र दुई हेडलाइटको बीचमा दिइएको ब्ल्याक फिनिस प्यार्टनले यो अफरोड भेइकललाई मोन्स्टर बनाएको छ । ईभीमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको मोटर र ब्याट्री हुन्छ । यसको मोटर १३५ किलोवाट पीक पावरको छ । यसमा ब्याट्री भने सीएटीएलले उत्पादन गरेको ६५.६९ किलोवाट आवरको लिथियम आयोन फस्फेट दिइएको छ । यसको डब्लूएलटीपी रेन्ज ४०० किलोमिटर हो ।

कम्पनीका अनुसार ६.६ किलोवाटको एसी र ८० किलोवाटको डिसी फास्ट चार्जर सपोर्ट गर्ने जे–६मा एडास फिचर भित्र १६ उत्कृष्ट सेफ्टी फिचर रहेको छ । यसको अगाडि भ्यान्टीलेटेड डिस्क र पछाडि डिस्क ब्रेक दिइएको छ ।

शनिबार सम्पन्न कार्यक्रममा झण्डै ४० जना भन्दाबढी विभिन्न क्षेत्रका मानिसले अफरोड ट्रयाकमा जेको जे–६ चलाएका थिए । समग्र कार्यक्रममा डेढ सयभन्दा बढी मानिसहरुको सहभागिता रहेको थियो । कार्यक्रममा म्यूजिक, विभिन्न किसिमका मनोरञ्जनात्मक खेलकुद कार्यक्रम पनि भएको थियो ।

Logo