प्रथम गभर्नर्स कप सुपर मोटो बाइक रेसिङ प्रतियोगिता सम्पन्न, पहिलो बने सुरज

प्रथम गभर्नर्स कप सुपर मोटो बाइक रेसिङ प्रतियोगिता सम्पन्न, पहिलो बने सुरज

केन्द्रबिन्दु
210
Shares

काठमाडौं । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जे नेपालले पोखरामा आयोजना गरेको प्रथम गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ ।

७२० मिटर ट्रयाकमा भएको प्रतियोगितामा देशभरबाट १६ जना राइडरले भाग लिएका थिए । प्रतियोगिताको फाइनलमा ९ जना पुगेका थिए । त्यसमध्येमा पनि काठमाडौंका सुरज घिमिरेले पहिलो स्थान हासिल गरे । काभ्रेका आशुतोष ध्वजु दोस्रो र भक्तपुरका दिलीप दनवार तृतीय भए ।

त्यस्तै नेभिसमा बिबेक पाण्डे पहिलो, दिपेश बलामी दोस्रो र रुमु ह्याङ राई तेस्रो भए । नेशनल क्याटोगरीमा श्रीहरी पौडेल प्रथम, रितेश खत्री द्धितिय र दिलिप दनुवार तृतिय भए ।सबैमा गरी कुल ५० राइडरले भाग लिएका थिए । पहिलो हुनेलाई ५० हजार, दोस्रो हुनेलाई २५ हजार र तेस्रो हुनेलाई १५ हजार नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

विजयीलाई लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जे नेपालका डिस्ट्रिक्ट गभर्नर लायन मिलन थापा र पिडिजी तथा मल्टिपल कन्भेन्सन चियरपर्सन लायन ध्रुब धापा लगायतले पुरस्कार वितरण गरे । यो प्रतियोगिता लायन्सको आयोजनामा नेपालमै पहिलोपटक र ऐतिहासिक रुपमा सम्पन्न भएको डिष्ट्रिक्ट स्पोर्टस् चिफ लायन अनिल कुमार बरालको दाबी छ ।

Logo