प्रभु बैंक भिजा लिडरसिप कनक्लेभ २०२४ बाट दुई विधामा सम्मानित

प्रभु बैंक भिजा लिडरसिप कनक्लेभ २०२४ बाट दुई विधामा सम्मानित

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । प्रभु बैंक लिमिटेड भिजा लिडरसिप कनक्लेभ नेपाल २०२४ बाट सम्मानित भएको छ ।

भिजा ईन्टरनेशनलद्धारा आयोजित भिजा लिडरसिप कनक्लेभ नेपाल २०२४ अन्तर्गत एक्सिलेन्स इन कञ्जुमर डेबिट कार्ड र एक्सिलेन्स इन प्रडक्ट इनाेभेसन गरी दुई बिधामा यो बैंक सम्मानित भएको हो ।

भिजा एफिलिएट सदस्यता श्रेणीको रूपमा भिजा नेटवर्कमा भिजा उपभोक्ता डेबिट कार्डको व्यवसायमा उत्कृष्टता बापत पहिलो अवार्ड प्राप्त भएको हो । दोस्रो अवार्ड एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन पूर्ण नविनतम् सुविधासहितको प्रभु भिसा बिजनेस डेबिट कार्डको पहिलो व्यवसायिक सेवा विस्तारसँग सम्बन्धित छ ।

प्रभु बैंकले सञ्चालनमा ल्याएको प्रभु भिजा बिजनेस डेबिट कार्ड सेवा अन्तर्राष्ट्रिय रूपमै एक विशिष्ट किसिमको विद्युतीय भुक्तानीको औजार हो, जहाँ व्यवसायिक कारोबारको भुक्तानी सरल र सुरक्षित तरीकाले विद्युतीय भुक्तानीको माध्यमबाट गरिन्छ । प्रभु भिजा बिजनेस डेबिट कार्ड प्रभु बैंकमा चल्ती खाता खोली कारोबार गर्ने/गरिरहेका खाताधनीहरुलाई लक्षित गरी डेबिट कार्ड सम्बन्धी सुविधा उपलब्ध गराउने अभिप्रायले प्रभु भिजा बिजनेस डेबिट कार्ड सेवाको थालनी गरिएको हो ।

भिजा बिजनेस डेबिट कार्ड विशेष गरी व्यापारिक प्रयोजन लागि मात्र लक्षित छ । कर्पोरेट र व्यापारिक घरानाहरू, फर्महरू, कम्पनीहरू, स्कुल तथा कलेज र विश्वविद्यालयहरू, होटेल र रेस्टुरेन्टहरू, अस्पतालहरू आदिमा सीमित हुन सक्दछन् जसले आफ्ना व्यापारीहरू, विक्रेताहरू, आपूर्तिकर्ताहरू र सेवा प्रदायक आदिलाई नियमित रूपमा साना र ठुला भुक्तानीहरू गर्दछन् ।

Logo