रोयल इन्फिल्डद्वारा ‘वान राइड २०२४’ कार्यक्रम सम्पन्न, ४५० राइडर सहभागी

रोयल इन्फिल्डद्वारा ‘वान राइड २०२४’ कार्यक्रम सम्पन्न, ४५० राइडर सहभागी

केन्द्रबिन्दु
168
Shares

काठमाडौं । रोयल इन्फिल्डको नेपालका लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले आयाेजना गरेकाे ‘वान राइड २०२४’ कार्यक्रम सम्पन्न गरेको छ ।

असोज ६ गते रोयल इन्फिल्ड सोरुम नक्सालबाट सुरु भएकाे यस कार्यक्रम गोदावरी पुगेर समापन गरिएको हाे । उक्त राइड कार्यक्रमको मुख्य उद्देश्य सडक सुरक्षाका बारेमा जनचेतना जगाउनु थियो । काठमाडौं सहित देशका १६ वटा मुख्य शहरमा आयोजना गरिएको कार्यक्रममा ४५० राइडर सहभगाी भएको कम्पनीले जनाएको छ ।

गोदावरीमा रहेको श्री पथ प्रदर्शक माध्यमिक विद्यालयका विद्यार्थीलाई खेलकुद सामग्री र नगद ५० हजार सहयोग गरिएको थियो । खेलकुद सामग्री हस्तान्तरण कार्यक्रममा बिद्यालयका प्रिन्सिपल, अल्फा अटोमोटिभका अधिकारी सहभागी भएका थिए ।

रोयल इन्फिल्डले प्रत्येक वर्ष आयोजना गर्ने यस कार्यक्रममा बिश्वका ५० भन्दा बढी देश, ५०० भन्दा बढी सहर, १ हजार बढी राइड र ३० हजार भन्दा बढी राइडर सहभागी हुने गरेका छन् ।

Logo