चीनमा सर्वाधिक बिक्री हुने कार बन्यो बीवाईडीको ह्याचब्याक सिगल

चीनमा सर्वाधिक बिक्री हुने कार बन्यो बीवाईडीको ह्याचब्याक सिगल

केन्द्रबिन्दु
224
Shares

काठमाडौँ । घरेलु बजारमा गत अगस्टमा ४६ हजार ८ सय ३० यूनिट बिक्री दर्ता गरेर बीवाईडीको ह्याचब्याक कार सिगल चीनमा सर्वाधिक बिक्री हुने कार बनेको छ ।

अगस्टमा चीनमा सबैभन्दा धेरै बिक्री हुने शीर्ष १० कारमध्ये सातवटा मोडल बीवाईडीका रहेका छन् । जसमा सिगल ईभी सबैभन्दा बढी बिक्री भएको रिपोर्ट गरिएको छ ।

प्योर ईभी र प्लग–इन हाइब्रिड मोडलका यी कारले घरेलु बजारमा समेत आफ्नो प्रभुत्व कायम राखेका छन् । कार निर्माताले अगस्टमा करिब ३ लाख ७३ हजार युनिट कार बिक्री गरेको छ । गत महिना कम्पनीले १ लाख ४८ हजार ४७० ईभी बिक्री गरेको थियो । यूरोपियन यूनियनले बढाएको करका बावजुत पनि कारको बिक्री उत्कृष्ट रहेको छ ।

बीवाईडीले अर्को वर्ष युरोपमा सिगल ईभी लन्च गर्ने योजना बनाएको छ । यो सबैभन्दा किफायती मोडेल मध्ये एक हुन सक्ने अनुमान गरिएको छ । जसको मूल्य २० हजार डलर हाराहारी पर्ने अनुमान गरिएको छ । चीनमा सिगलको सबैभन्दा सस्तो भेरिएन्टको मूल्य १० हजार डलर भन्दा कम पर्छ । यो कार ३० र ३८ किलोवाट अवारको ब्याट्री प्याक अप्सनमा उपलब्ध छ । यसले एकपटकको फुल चार्जमा ४०५ किलोमिटरसम्म रेन्ज दिने सीएलटीसीले जनाएको छ ।

Logo