सुनको मूल्यले बनायो फेरि अर्को नयाँ रेकर्ड

सुनको मूल्यले बनायो फेरि अर्को नयाँ रेकर्ड

केन्द्रबिन्दु
504
Shares

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाल सुन प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य भने मंगलबार घटेको छ । सोमबार प्रतितोला १ हजार ९ सय २० रुपैयाँमा कारोवार भएको चाँदी आज ५ रूपैयाँले घटेर १ हजार ९ सय १५ रूपैयाँमा कारोवार भइरहेको छ ।

Logo