सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआइजी जोशीलाई बयानका लागि लगियो

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआइजी जोशीलाई बयानका लागि लगियो

केन्द्रबिन्दु
238
Shares

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीलाई बयानका लागि सरकारी वकिल कार्यालय लगिएको छ ।

जिल्ला प्रहरी कार्यालयका कास्कीका एसपी मोहनकुमार थापाका अनुसार आज बिहान साढे १० बजे उनलाई सरकारी वकिल कार्यालय पुर्‍याइएको हो ।

जिल्ला अदालत कास्कीले जोशीलाई पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न सोमबार प्रहरीलाई अनुमति दिएको थियो । आजबाट उनको बयान सुरु भएको छ । संसदीय छानबिन विशेष समितिले सहकारी बचत ठगीमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक जोशी सहितलाई कारबाही गर्न सिफारिस गरेपछि उनी आइतबार काठमाडौँबाट पक्राउ परेका थिए ।

Logo