एनएमबी बैंकको बुद्ध भिसा कार्डबाट फ्लाईट टिकेट किन्दा विशेष छुट

एनएमबी बैंकको बुद्ध भिसा कार्डबाट फ्लाईट टिकेट किन्दा विशेष छुट

केन्द्रबिन्दु
126
Shares

काठमाडौँ । एनएमबी बैंकले बुद्ध भिसा डेबिट कार्ड (को–ब्राण्डेड कार्ड) होल्डरहरूका लागि विशेष छुट योजना ल्याएको छ ।

बैंक्ले चाडपर्वमा बुद्ध एयरको वेबसाइटबाट फ्लाइट टिकट काट्दा १० प्रतिशत क्यास ब्याक, अधिकतम रु. ५ सयसम्म दिने घोषणा गरेको हो ।

चाडपर्वको समयमा बैंकले ग्राहकहरूको यात्रा सहजताका लागि यो अफर घोषणा गरेको जनाएको छ । यो अफर छठसम्मका लागि लागू हुनेछ, जसले ग्राहकहरूलाई बचतको लाभ लिन पनि प्रोत्साहित गर्दछ । एनएमबी बैंकले हाल देशभर २०१ शाखाहरू, १८७ एटीएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Logo