एनआईसी एशिया क्यापिटलद्वारा ५० करोड ७५ लाखभन्दा बढी नगद प्रतिफल वितरण गर्न सफल

एनआईसी एशिया क्यापिटलद्वारा ५० करोड ७५ लाखभन्दा बढी नगद प्रतिफल वितरण गर्न सफल

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ । एनआईसी एशिया क्यापिटल लिमिटेडले एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित सामुहिक लगानी कोष योजनाहरूबाट ५० करोड ७५ लाख ५ हजार ८५९ रुपैयाँ नगद प्रतिफल वितरण गर्न सफल भएको छ ।

क्यापिटलले आर्थिक वर्ष २०८०–०८१ मा उक्त प्रतिफल रकम बजारमा प्रतिफलका रूपमा बजारमा पठाउन लागेको हो ।

उक्त प्रतिफल रकम एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको हकमा सम्बन्धित एकाइधनीहरूलाई गत भदौ ९ गतेदेखि तथा बन्दमुखी योजानहरूको हकमा असोज ४ गतेदेखि सम्बन्धित एकाइधनीहररूको हितग्राही खातामा उल्लिखित बैंक तथा वित्तीय संस्थाको खातामा सोझै रकमान्तरण गर्न सुरु गरिएको क्यापिटलले जनाएको छ ।

साथै विभिन्न आर्थिक वर्षहरूमा एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया व्यालेन्सड् फण्ड र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले वितरण गरेको प्रतिफल रकम बुझिलिन बाँकी भएका एकाइधनीहरूको विवरणसमेत सार्वजनिक भएको छ । विविध कारणले प्रतिफल जम्मा नभएका–फिर्ता भएका एकाइधनीहरूको विवरण फिर्ता तथा जम्मा नहुनुको कारण सहित एनआईसी एशिया क्यापिटलको वेभसाइटबाट प्राप्त गर्न सकिने बताइएको छ ।

नियमित रूपमा प्रतिफल वितरण गर्न सफल खुलामुखी योजना “एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड” अन्तर्गत सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान तथा सिस्टमेटिक विथड्र्रल प्लान योजनाहरू समेत सञ्चालन गरिरहेको र उक्त योजनामा अनलाइन मार्फत सहज रूपमा सहभागी हुन मिल्ने व्यवस्था मिलाइएको छ ।

साथै क्यापिटलले आर्थिक वर्ष २०८०–०८१ मा क्यापिटलको शेयरधनीलाई ५२.५३ प्रतिशत नगद लाभांश अर्थात् रु.१० करोड ५० लाखभन्दा बढी र सामुहिक लगानी कोष योजनाहरूको एकाइधनीहरूलाई.५० करोड ७५ लाखभन्दा बढी प्रतिफल गरी जम्मा ६१ करोड २५ लाखभन्दा बढी रकम लाभांशका रूपमा वितरण गर्न सफल भएको छ ।

Logo