नेपालको वैदेशिक व्यापार घाटा दुई खर्बमाथि, कुन देशसँग छ कति ?

नेपालको वैदेशिक व्यापार घाटा दुई खर्बमाथि, कुन देशसँग छ कति ?

केन्द्रबिन्दु
112
Shares

काठमाडौं । वैदेशिक व्यापार घाटा घटाउने रणनीति बुनी अगाडि बढी रहेको नेपालले चालु आर्थिक वर्ष २०८१/८२ मा २ खर्ब ३७ अर्ब ४४ करोड ९५ लाख २३ हजार रुपैयाँ घाटा व्यहोरेको छ । भन्सार विभागकाले सार्वजनिक गरेका तथ्याङकले आर्थिक वर्षको दोस्रो महिना अर्थात् भदौसम्ममा देशले उक्त रकम बराबरको व्यापार घाटा भोग्नु परको जानकारी दिएका हो ।

नेपालको वैदेशिक व्यापार घाटा महिनैपिछे बढ्दै जाँदा देशको समग्र आर्थिक वृद्धिदरमा यसले नकारात्मक असर पर्न सक्ने देखिन्छ । भदौ महिनासम्ममा २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख २६ हजारको बस्तु तथा सेवा आयात हुँदा २५ अर्ब ९ करोड ३१ लाख ३ हजार रुपैयाँको सामान निर्यात भएको विभागले जानकारी दिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही महिनासम्ममा व्यापार घाटा २ खर्ब ३३ अर्ब ३० करोड २८ लाख ६५ हजार रुपैयाँ पुगेको थियो । उक्त महिनासम्ममा २ खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख ९८ हजार बराबरको सामान आयात हुँदा २६ अर्ब ४४ करोड ७० लाख ३३ हजार रुपैयाँको नेपालमाबाट निर्यात भएको थियो ।

नेपालले हाल १२३ वटा देशसँग व्यापारिक कारोबार गर्दै आएको छ । व्यापारिक कारोबार गर्ने अधिकांश देशसँग नेपालको व्यापार घाटा रहेको भन्सार विभागले जानकारी दिएको छ । महिनैपछि व्यापार घाटा कहालीलाग्दो बन्दै जाँदा सरकारले कल्पना गरेको उत्पादित अर्थतन्त्रले काम नगरेको पुष्टि गर्छ ।

नेपालमा सबै भन्दा बढी खाद्यान्न, इन्धन, औद्योगिक कच्चा पदार्थ, पूर्वाधार निर्माणका सामग्रीहरू, उपभोग्य वस्तुहरू आयात हुँदै आएको छ । यसमा भएको निरन्तर वृद्धिले व्यापार घाटा बढाउने गरेको विज्ञहरू बताउँछन् ।

भन्सार विभागका अनुसार नेपालको सबै भन्दा बढी व्यापार घाटा अर्जेन्टिना, भारत, चीन, इन्डोनेसिया, मलेसिया युनाइटेड अरब इमिरेट्स (युएई), अमेरिका, अष्ट्रेलिया आदि देशहरूसँग रहेको छ ।

अहिलेका अवस्थामा नेपालको व्यापार घाटा अर्जेन्टिनासँग एक अर्ब ७६ करोड १४ लाख ६ हजार रुपैयाँ रहेको विभागले बताएको छ । उक्त देशबाट भदौसम्ममा एक अर्ब ७६ करोड १५ लाख २६ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ भने नेपालले अर्जेन्टिनामा १ लाख २० हजार रुपैयाँको वस्तु निर्यात भएको छ ।

त्यस्तै, नेपालको व्यापार घाटा चीनसँग पनि उच्च छ । चालु आर्थिक वर्षको दुई महिनामा नेपालको चीनसँग व्यापार घाटा ५१ अर्ब ८० करोड ३९ लाख ७९ हजार रहेको विभागले बताएको छ । चीनबाट नेपालमा ५२ अर्ब १० करोड १४ लाख ४१ हजार बराबरको बस्तु आयात हुँदा नेपालबाट २९ करोड ७४ लाख ६२ हजार रुपैयाँको वस्तु निर्यात भएको पनि विभागले जानकारी दिएको छ ।

यसैगरी भारतसँग १ खर्ब ४४ अर्ब ६६ करोड ८७ लाख ७५ हजार रुपैयाँ नेपालको व्यापार घाटा रहेको छ । उक्त देशबाट एक खर्ब ६० अर्ब ६५ करोड ३८ लाख ३६ हजार रुपैयाँको सामान आयात हुँदा १५ अर्ब ९८ करोड ५० लाख ६१ हजार रुपैयाँ बराबरको निर्यात भएको विभागले बताएको छ ।

नेपालसँग निर्यातको क्षमता कम छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सरकारले विभिन्न नीतिगत सुधार नगर्दा आयातले प्रोत्साहन पाइरहेको छ । नेपालको व्यापार घाटा कम गर्नका लागि दीर्घकालीन र व्यापक प्रयासहरू अगाडि बढाउन आवश्यक देखिन्छ ।

कुन देशसँग कति घाटा ?

Logo