हुलास फिनसर्भ हायर पर्चेजको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल नियुक्त

हुलास फिनसर्भ हायर पर्चेजको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल नियुक्त

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले एनएमबी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

कम्पनीले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत साधारण शेयर निष्काशन गर्ने कार्यका लागि एनएमबी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत २० लाख ७५ हजार साधारण शेयर निष्काशन गर्ने निर्णय गरेको छ । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडका तर्फबाट अध्यक्ष शेखर गोल्छा तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले असोज ६ गते सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरू पूरा गरी यथासम्भव छिटो निष्काशनको प्रक्रिया अगाडि बढाइने हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडका अध्यक्ष शेखर गोल्छाले जानकारी दिएका छन् । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गैर–बैंकिङ्ग वित्तीय कम्पनी हो । यस कम्पनीले सन् २०१२ देखि ग्राहकहरूलाई उत्कृष्ट हायर पर्चेज सेवा प्रदान गर्दै आइरहेको छ ।

Logo