शाओमीले ल्यायो बबाल अफरका साथ दशैँ–तिहारको उमंग

शाओमीले ल्यायो बबाल अफरका साथ दशैँ–तिहारको उमंग

केन्द्रबिन्दु
126
Shares

काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले चाडपर्वका अवसरमा विशेष अफर ल्याएको छ ।

आउँदै गरेको चाडपर्वलाई मध्यनजर गरेर कम्पनीले चाडपर्वको सिजनको आनन्दलाई थप उत्साहपूर्ण बनाउन विशेष अफर लिएर आएको हो ।

“दशैँ–तिहारको उमंग, शाओमीको बबाल अफरसँग” योजना अन्तर्गत ग्राहकहरूले आफ्ना लेटेस्ट मोडेलहरूको खरिदमा ४ हजारसम्मको छुट पाउन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार भदा ३० देखि सुरु भएको यो चाडपर्व विशेष अफर कार्तिक ३० सम्म लागू हुने छ ।

अफरका बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, “शाओमीका स्मार्टफोनहरूले हाम्रा ग्राहकहरूको यसपालिको चाडपर्वलाई विशेष बनाओस् भन्ने हाम्रो चाहना हो । ‘दशैँ–तिहारको उमंग, शाओमीको बबाल अफरसँग’ क्याम्पेन हामीले यसैका लागि ल्याएका हौँ । हामी विश्वास गर्छौँ कि नयाँ प्रविधिमा सबैको पहुँच पुग्नुपर्छ र त्यसका लागि यस्तो अफरहरू प्रभावकारी हुन्छन् भन्ने हाम्रो विश्वास रहेको छ ।”

६+१२८ जिबी र ८+२५६ जिबी गरी दुई स्टोरेज भेरियन्टमा उपलब्ध रहेको रेड्मी नोट १३ मा १२० हर्जको एमोलेड डिस्पले, इन–डिस्प्ले फिङ्गर प्रिन्ट सेन्सर, १०८ मेगापिक्सेल ट्रिपल एआई क्यामरा रहेको छ । त्यसैगरी, रेड्मी नोट १३ प्रो इन–डिस्प्ले फिङ्गर सेन्सर, २०० मेगापिक्सेल क्यामरा र शक्तिशाली हेलियो जी ९९ अल्ट्रा प्रोसेसर र ८+२५६ जिबी स्टोरेज र १२ जिबी + ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ ।

रेड्मी नोट १३ प्रो प्लस ५ ज्रीमा भने २०० मेगापिक्सेल ट्रिपल क्यामेरा, कर्भड् डिस्प्ले, आइपी ६८ रेटिंग भएको हुँदा धुलो र पानीबाट पनि बचाउँदछ । १२० वाटको चार्जर सहित ८+ २५६ जिबी स्टोरेज र १२ जिबी + ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ । यो चाडपर्व विशेष अफर शाओमीका नेपालभरका रिटेल आउटलेटहरू र सबै आधिकारिक स्टोरहरूमा उपलब्ध छ ।

अफरहरू

Logo