नेपाली बजारमा भित्रियो बहुप्रतिक्षित सब-कम्प्याक्ट एसयुभी दायुन युइहु, कति पर्छ मूल्य ?

नेपाली बजारमा भित्रियो बहुप्रतिक्षित सब-कम्प्याक्ट एसयुभी दायुन युइहु, कति पर्छ मूल्य ?

केन्द्रबिन्दु
406
Shares

काठमाडौं । सीजी मोटर्सले चीनको उत्कृष्ट अटोमोबाइल निर्माता दायुन ग्रुपको दायुन युइहु सब-कम्प्याक्ट एसयुभी नेपाली बजारमा सार्वजनिक गरेको छ।

चीनको उत्कृष्ट अटोमोबाइल निर्माता, दायुन ग्रुपले चीनमा हेभी ट्रक, लाइट ट्रक, कार, मोटरसाइकल र इन्जिन हरु उत्पादन गर्दै आएको छ र चीनमा दायुन ग्रुप निकै रुचाइएको पनि छ । दायुन ग्रुपले सन् २००४ मा कमर्सियल भेहीकल सेगमेन्टमा सेवा विस्तार गरेको थियो भने सन् २०१७ बाट आधिकारिक रूपमा न्यु इनर्जी प्यासेन्जर भेहीकल सेगमेन्टमा पनि प्रवेश गरेको पाइन्छ ।

६ वटा उत्पादन केन्द्रहरू बाट वार्षिक १८ लाख ७० हजार गाडीहरु उत्पादन गर्ने दायुन ग्रुपले चिनियाँ बजारमा व्यापक सफलता हासिल गरेको छ । दायुन ग्रुपको उक्त सफलता र अटोमोबाइल सेक्टरमा ३ दशकभन्दा बढी अनुभवलाई मध्यनजर गर्दै सीजी मोटर्सले दायुन युइहु सब-कम्प्याक्ट एसयुभी नेपाली बजारमा सार्वजनिक गरेको हो ।

दायुन युइहु नेपालको बाटोलाई सुहाउँदो र पर्फेक्ट रहेको सीजी मोटर्सले जनाएको छ । दायुन युइहुमा ३५ किलोवाटको मोटर रहेको छ जसले १०५ एन।एम। को टर्क जेनेरेट गर्दछ भने यसमा ३०.६६ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ। उक्त ब्याट्रीले ३०० किलोमिटर रेञ्ज प्रदान गर्दछ भने २० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न डिसी चार्जरमार्फत ५० मिनेट भन्दा कम लाग्दछ । दायुन युइहुको मोटर र ब्याट्रीमा उत्कृष्ट ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको वारेण्टी पाउन सकिन्छ भने यसको च्यासिसमा कम्पनीले ५ वर्ष वा १ लाख २० हजार किलोमिटरको वारेण्टी प्रदान गरेको छ।

कम्पनीका अनुसार दायुन युइहु सब-कम्प्याक्ट एसयुभीमा उत्कृष्ट २०१ एमएमको ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । साथसाथै उक्त गाडी फिचर्सहरुले पनि भरिपूर्ण रहेको छ । ७ इन्चको इन्सट्रुमेन्ट क्लस्टर, किलेश इन्ट्री, टाएर प्रेशर मनिटरीङ्ग सिस्टम, एयरब्याग, ए।बि।एस।, इ।बि।डि।, हिल स्टार्ट एसीस्ट कन्ट्रोल, अटोमेटिक हेडल्याम्प, वन टच विन्डो, पार्किङ्ग रेडार र क्रुज कन्ट्रोल जस्ता फिचर्सहरु उक्त गाडीमा समावेश गरिएको छ।

नेपाली बजारमा इलेक्ट्रिक भेहीकलहरुको बढ्दो मागलाई ध्यानमा राखी सीजी मोटर्सले नेपालका बिभिन्न स्थानमा २०० भन्दा धेरै चार्जिङ्ग स्टेशनहरु स्थापना गरिसकेको छ र यो संख्या अझै बढ्दो क्रममा रहेको छ। दायुन युइहु सब-कम्प्याक्ट एसयुभीमा जिबिटि प्रणालीको चार्जिङ्ग प्वाइन्ट रहेको हुनाले सीजी मोटर्सले सञ्चालनमा ल्याइसकेका चार्जिङ्ग स्टेशनहरु मार्फत नेपालभर ढुक्कसँग यात्रा गर्न सकिनेछ । दायुन युइहु सब-कम्प्याक्ट एसयुभीको मुल्य ३१ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

Logo