दिपल गाडीको ब्रान्ड एम्बेसडरमा पारस खड्का नियुक्त

दिपल गाडीको ब्रान्ड एम्बेसडरमा पारस खड्का नियुक्त

केन्द्रबिन्दु
476
Shares

काठमाडौं । दिपल गाडीको ब्रान्ड एम्बेसडरमा पूर्वक्रिकेटर पारस खड्का नियुक्त भएका छन् । नेपालको लागि दिपलको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले खड्कालाई औपचारिक रूपमा आज (मंगलबार) बाट ब्रान्ड एम्बेसडर बनाएको हो ।

चिनियाँ सवारी निर्माता चांगन अटो ग्रुपले तयार गरेको विद्युतीय गाडी दिपल नेपालमा पनि छोटो समयमै लोकप्रिय बनिसकेको छ । नेपाल क्रिकेट संघ (क्यान)का सचिवसमेत रहेका खड्काले नेपाली क्रिकेट जगतको विकासका लागि अहोरात्र काम गर्दै आएका छन् ।

खड्का यसअघि महिन्द्रा गाडीको ब्रान्ड एम्बेसडर रहेका थिए ।

खड्काले दिपलको ब्रान्ड एम्बेसडर बन्दा खुसी व्यक्त गर्दै यसको प्रचारको लागि कुनै कसुर बाँकी नराख्ने बताए । ‘दिपल ब्रान्डको गाडी म पनि चढ्छु, यसको टेस्ट ड्राइभमा पहिलाबाटै मेरो पनि सहभागिता हुँदै आएको छ, यो गाडी पर्फर्मेन्समा दमदार भएको पाएको छु,’ उनले भने ।

दिपलका गाडीमा समावेश भएको फिचर अनुसारको मूल्य पनि उपयुक्त रहेको खड्काले जानकारी दिए ।

यस्तै, एमएडब्लु वृद्धि अटोकर्पका प्रबन्ध निर्देशक विवेक सिकारियाले खड्कालाई ब्रान्डको एम्बेसडरको रूपमा स्वागत गर्दै यो सहकार्यले संस्थाको विकासमा पनि मद्दत पुग्ने बताए । ‘दिपल एउटा राम्रो पर्फमेन्स भएको ईभी गाडी हो, आम उपभोक्ताले यसलाई रुचाइ राख्दा खड्कासँग यो सहकार्य गर्न पाउनु आफैंमा ठूलो विषय हो, हामीले गाडी बिक्रीलाई मात्र हाेइन । बिक्री पछिको सेवालाई पनि उत्तिकै महत्व दिएका छौं,’ उनले भने । एमएडब्लु वृद्धिले यसको सर्भिस नेटवर्कको विस्तार गर्दै जाने उनले बताए ।

नेपालमा दिपलका विभिन्न मोडलका गाडीहरू उपलब्ध छन् । नेपाल भित्रिएको छोटो समयमै आम उपभोक्ताको रोजाइमा पर्न सफल दिपल सडकमा पनि बाक्लिने क्रम जारी छ ।

Logo