अधिकतम मूल्यभन्दा बढीमा समान बिक्री भए काठमाडौँ महानगरले कारबाही गर्ने

अधिकतम मूल्यभन्दा बढीमा समान बिक्री भए काठमाडौँ महानगरले कारबाही गर्ने

केन्द्रबिन्दु
196
Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चाडपर्वका नाममा दैनिक उपभोग्य वस्तुको अचाक्ली मूल्य बढाउने प्रवृत्तिविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएको छ ।

आफ्नो क्षेत्रभित्र सञ्चालित खुद्रा तथा थोक पसलबाट अधिकतम मूल्यभन्दा बढीमा समान बिक्री भएको पाइए महानगरले कारबाही गर्ने चेतावनी दिएको हो ।

महानगरले मूल्यसूची बनाएर पसलको अग्रभागमा सबैले देख्नेगरी राख्न, अधिकतम मूल्यभन्दा बढी मूल्यमा बिक्रीवितरण नगर्ने सुनिश्चित गर्न र म्याद गुज्रिएका वस्तु बिक्रीवितरण नगर्न व्यवसायीहरूलाई आग्रह गरेको छ ।

त्यस्तै, महानगरले खाद्य, पेय तथा अन्य वस्तुको गुणस्तर, शुद्धता र स्वच्छता कायम गर्न पनि आग्रह गरेको छ । महानगरले यससम्बन्धमा उजुरी परेमा वा गुनासो प्राप्त भएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने बताएको छ ।

साथै, स्वच्छ, गुणस्तर तथा सुपथ सामान प्राप्त गर्न सबै उपभोक्ताहरूलाई जाँचेर मात्र सामान, वस्तु तथा सेवा खरिद गर्न महानगरले अनुरोध गरेको छ । महानगरले वस्तु खरिदमा कुनै समस्या परेमा वा उजुरीका लागि ११८० मा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

Logo