अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री लिफेङबीच भेट, परियोजना कार्यान्वयनबारे छलफल

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री लिफेङबीच भेट, परियोजना कार्यान्वयनबारे छलफल

केन्द्रबिन्दु
126
Shares

बेइजिङ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री ही लिफेङबीच चीनको राजधानीमा बेइजिङमा भेटवार्ता भएको छ ।

सो अवसरमा दुई देशको आफसी हित र सहयोगबारे छलफल भएको हो ।

भेटका क्रममा चीनका उपप्रधामन्त्री ही लिफेङले चीन सरकारका तर्फबाट विगतमा गरिएका घोषणा एवं सहमति बमोजिम सहयोगका परियोजनाहरूको कार्यान्वयनलाई तीव्रता दिने बताएका छन् । उनले आगामी दिनमा नेपाललाई थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले केरुङ–काठमाडौँ रेल निर्माण, टोखा–छहरे सुरुङ मार्ग, किमाथाङ्का–हिले, हिल्सा–सुर्खेत–भुरीगाउँ सडक, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, दमक औद्योगिक पार्क लगायतका पूर्वाधार निर्माणलाई अघि बढाउन अनुरोध गरेका छन् । त्यसैगरी चीनका विभिन्न शहरबाट भैरहवा र पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा सिधा हवाइ सेवा विस्तारका लागि सहयोग गर्न पनि आग्रह गरिएको छ ।

भ्रमण टोलीमा रहेका अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले नेपालका तर्फबाट गरिएको अनुरोधका विषयप्रति चीन सरकार सकारात्मक रहेको र कामहरू अघि बढाउने प्रतिबद्धता व्यक्त भएको जानकारी दिए । करिब एक घण्टा भएको भेटवार्तामा नेपालका तर्फबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल, चीनका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र यादव, अर्थ मन्त्रालयका प्रवक्ता भट्टराई, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारीहरू सहभागी थिए ।

यता चीन सरकारका तर्फबाट उपप्रधानमन्त्री ही लिफेङ, यातायात मन्त्री ली स्याओफङ, बेइजिङ महानगरका मू फङ, नेशनल रेलवे एडमिनिस्ट्रेसनका प्रमुख फे दोङ विङ, नागरिक उडड्यन प्रमुख सोङ च्योङ लगायतका अधिकारिहरूको सहभागिता थियो ।

Logo