सुनको मूल्यले बनाउँदै नयाँ रेकर्ड

सुनको मूल्यले बनाउँदै नयाँ रेकर्ड

केन्द्रबिन्दु
1.5k
Shares

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बुधबार बढेको छ । मंगलबार प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रूपैयाँले बढेर १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Logo