निर्माण व्यवसायीहरू समस्यामा छन्ः मन्त्री सिंह

निर्माण व्यवसायीहरू समस्यामा छन्ः मन्त्री सिंह

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाएका छन् ।

बुधबार सिंहदरबारमा उनीहरूले मन्त्री सिंहलाई ज्ञापनपत्र बुझाएका हुन् ।

निर्माण व्यवसायी महासंघको ज्ञापन पत्र बुझ्दै मन्त्री सिंहले निर्माण व्यवसायीहरूले धेरै अप्ठ्यारा चुनौतीहरुको सामना गर्नुपरेको बताए । उनले निर्माण व्यवसायीमा देखिएका समस्या चाँडोभन्दा चाँडो सरकारले समाधान गर्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘निर्माण व्यवसायीले काम गर्दैगर्दा धेरै असहजता रहेका छन् । समग्र रूपमा नै निर्माण व्यवसायीहरूले काम गर्दाखेरीको चुनौतीहरु जुन सामना गरिरहनु भएको छ, यो निर्माण व्यवसायीहरूको मुख्य समस्या हो । यसलाई सरकारले चाँडोभन्दा चाँडो विशेष ध्यान दिएर समाधान गर्ने छ ।’

साथै उनले राम्रो नतिजा आउने गरेर काम गर्ने समेत बताए । उनले काम गर्नका लागि सहजता हुने गरी सरकारले ऐनहरूमा र नीतिगत रूपमा संशोधन गर्नुपर्ने कुरामा ध्यान दिने बताए ।

Logo