टाटा मोटर्सद्वारा नेक्सन आईसीएनजी लन्च गर्ने घोषणा

टाटा मोटर्सद्वारा नेक्सन आईसीएनजी लन्च गर्ने घोषणा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । टाटा मोटर्सले नयाँ ४५ किलोवाट ब्याट्री प्याक समावेश गरेको नेक्सन आईसीएनजी र नयाँ फ्लागशिप रेड हार्ट डार्क संस्करण लन्च गर्ने घोषणा गरेको छ ।

यसले एकपटक चार्ज गरेपछि ४८९ किलोमिटर ड्राइभिङ रेन्ज प्रदान गर्छ । यसलाई फुल चार्ज हुने समय १० देखि ८० मिनेटको बीचमा राखिएको छ ।

नेक्सन ईभीले विकल्पमा नयाँ ब्याट्री प्याकेजसँगै पोर्टफोलियोको ३ वटा ब्याट्री विस्तार गरेको छ । यो सुविधाले टाटा नेक्सन फरक–फरक पावरट्रेन पेट्रोल, डीजल, सीएनजी र इलेक्ट्रिक भएको पहिलो एसयूभी बनेको छ ।

यो एसयूभीको फ्रन्टल स्टोरेजमा पनि सुधार गरिएको छ । भोल्यूमेट्रिक घनत्वमा १५ प्रतिशत सुधार गरिएको यसमा भ्वाइस असिस्टेड प्यानोरमिक सनरूफ, भेन्टिलेटेड फ्रन्ट सीट जस्तै फिचर थप गरिएको कम्पनीले जनाएको छ । नेक्सन रेड डार्क एडिशनमा ग्लासी ब्ल्याक सेन्ट्स, रेड टच, १६ इन्च ब्लाक अलोय ह्विल, रेड लेडरेट सीट आदि अद्यावधिक गरिएको छ ।

नेक्सन ईभी डार्क रेड गाडीको इन्टेरियर र एक्सटेरियरमा रेड थीमको इन्सर्ट, इन्फोटेनमेन्ट सिस्टम र इन्स्ट्रयुमेन्ट क्लस्टरका लागि विशेष यूआईआई र यूएक्स, आर्केड ईभी, स्मार्ट वेलकम र गुडबाय सीक्वेस र फ्रन्ट एलईडीमा निर्मित चार्जिङ डिजिटल इन्डिकेटर, डीआरएल, ३१.२४ सेमी टचस्क्रिन डिस्प्ले, एसओएस फंक्शन र ७.२ किलोवाट एसी फास्ट चार्जर जस्ता फिचर समावेश गरिएको कम्पनीको भनाइ छ ।

Logo