राष्ट्र बैंकले पनि केन्द्रीय तथ्यांक कार्यालयको सर्वेलाई आधारशिला बनाएर अघि बढ्दै

राष्ट्र बैंकले पनि केन्द्रीय तथ्यांक कार्यालयको सर्वेलाई आधारशिला बनाएर अघि बढ्दै

केन्द्रबिन्दु
28
Shares

काठमाडौंँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उपभोक्ता मूल्य स्थिरताको विषयमा राष्ट्र बैंक आफैँले नीति निर्माण गर्छ भन्ने गुनासो आउने गरेको बताएका छन् ।

बुधबार उपभोक्ता मूल्य सुचाङ्क सार्वजनिक सम्बन्धमा छलफल एवं पत्रकार सम्मेलनमा उनले केन्द्रीय तथ्यांक कार्यालयले गरेको सर्वेक्षणको सर्वेलाई नै आधारशिला बनाएर ८०, ८१ लाई आधार वर्षका रूपमा तय गरेर राष्ट्र बैंक अगाडि बढिरहेको बताए ।

उनले भने,‘राष्ट्र बैंकलाई धेरै आरोप लाग्ने गरेको छ । मूल्य स्थिरताको विषयमा राष्ट्र बैंक आफैँले नीति बनाउँछ । आफै लक्ष्य राख्छ, आफँै मुद्रा संकलन गर्छ । आफँै वस्तु निर्धारण गर्छ । आफैँ सर्वे गर्छ भन्ने, तर अहिले त्यो सबै कार्य केन्द्रीय तथ्यांक कार्यालयले गरेको जुन सर्वे छ त्यो सर्वेलाई टेकेर काम गरिरहेका छौँ । त्यही सर्वेलाई टेकेर यो आधारशिला बनाएर यो वर्ष ८०, ८१ लाई आधार वर्षको रूपमा तय गरेर राष्ट्र बैंक अगाडि बढि रहेको छ ।’

उनले मूल्य सुचाङ्क सार्वजनिकमा पनि ढिलाइ भन्ने प्रश्न धेरैले गरेको भन्दै रफ तथ्याङ्क सार्वजनिक गर्दा विश्वासनियतामाथि नै प्रश्न उठ्ने भएकाले समय लगाएर भएपनि सही तथ्याङ्क सार्वजनिक गरेको बताएका हुन् ।

उनले भने,‘धेरै ले प्रश्न गरिहनुभएको थियो । किन एक महिना मूल्य सुचाङ्क सार्वजनिक गर्न ढिलो गर्नुभयो भनेर । एक महिना ढिलो नगरी हाम्रो तथ्याङ्क नै आउँदैन । रफ तथ्याङ्क हामीले सार्वजनिक गर्न थाल्यौं भने त त्यो फेरि विश्वासनियता हुँदैन । त्यसले थप हाम्रो विश्वासनियतामा नै प्रश्न उठ्छ । त्यसैले अलिकति ढिलो गरेर भए पनि सही तथ्याङ्क नै ल्याउनुपर्छ ।’

Logo