दुई महिनामा साढे १५ करोडको मोबाइलका चार्जर आयात

दुई महिनामा साढे १५ करोडको मोबाइलका चार्जर आयात

केन्द्रबिन्दु
112
Shares

काठमाडौं । नेपालमा विभिन्न देशबाट चालु आर्थिक वर्ष २०८१/८२ मा ७ लाख ६० हजार ३२९ पिस चार्जर आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङक अनुसार भदौसम्ममा उक्त पिस मोबाइल फोन चार्जर आयात भएको हो । 

१५ करोड ६८ लाख ६९ हजार रुपैयाँ बराबरको उक्त चार्जर आयात हुँदा सरकारले ४ करोड ७२ लाख १३ हजार रुपैयाँ राजश्व संकलन गर्न सफल भएको विभागले बताएको छ । मोबाइल फोन चार्जर सबै भन्दा बढी भारत र चीनबाट आयात भएका छन् । 

विभागका अनुसार चीनबाट ५ लाख ८० हजार ७९१ वटा चार्जरको आयत भएको छ । यस्तै, भारतबाट पनि नेपालमा उच्च मात्रामा चार्जरको आयात हुने गरेको छ । आर्थिक वर्ष सुरु भएको दुई महिनाभित्रमा भारतबाट नेपाल एक लाख ४ हजार १९८ वटा चार्जरको आयात भएको विभागले जानकारी दिएको हो । 

यसैगरी नेपालमा भियतनामबाट पनि ठूलो परिणाममा चार्जरको आयात हुँदै आएको छ । उक्त देशबाट दुई महिनामा ७५ हजार ३०० वटा चार्जरको आयात भएको विभाग तथ्याङकले देखाउँछ । यो अवधिमा जर्मनीबाट ९, हङकङबाट ४, इजरायलबाट २, जापान १, लक्जमबर्ग १ र  पोर्चुगलबा १ वटा चार्जरको आयात भएका छन् । 

यसका साथै युनाइटेड अरब इमिरेट्सबाट १, युनाइटेड किंगडमबाट १, अमेरिकाबाट ९, उजबेकिस्तानबाट ११ वटा मोबाइल फोन चार्जकारको आयात भएको विभागले बताएको छ । चार्जरको आयात बढ्दो हुँदै जाँदा यसले नेपालमा मोबाइल फोनका प्रयोगकर्ता दिन प्रतिदिन बढ्दै गएको संकेत गर्छ ।

Logo