एनएमबि बैंकद्वारा पलेशा गोबर्धन र प्रशिक्षकलाई नगदसहित सम्मान

एनएमबि बैंकद्वारा पलेशा गोबर्धन र प्रशिक्षकलाई नगदसहित सम्मान

केन्द्रबिन्दु
126
Shares

काठमाडौं । एनएमबि बैंकले नेपाललाई पेरिस पारालिम्पिकमा ऐतिहासिक कास्य पदक दिलाएकी पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई सम्मान गरेको छ ।

बैंकले पलेशालाई नगद पुरस्कार रु. ५ लाख १ हजार र उनका प्रशिक्षक कविराज नेगी लामालाई रु. १ लाख १ हजार रुपैयाँ प्रदान गरेको हो । पलेशाको प्रतिनिधित्व गरी उनको अभिभावकले उक्त नगद ग्रहण गरेका थिए ।

पलेशाको उपलब्धि र नेपालमा खेलकुदको भावनाको सम्मान गर्दै एनएमबि बैंकको विशेष समारोहमा पलेशा र उनका प्रशिक्षकलाई सम्मान स्वरुप नगद हस्तान्तरण गरेकाे थियोे । एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Logo