गुडलाइफले ल्यायो विश्वको पहिलो ‘कफी चेविङ्गम’, के छ यसकाे विशेषता ?

गुडलाइफले ल्यायो विश्वको पहिलो ‘कफी चेविङ्गम’, के छ यसकाे विशेषता ?

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । गुडलाईफले आफ्नो नवीनतम नवाचार ‘कफी चेविङ्गम’ नेपाली बजारमा ल्याएको छ । कफी प्रेमीहरूका लागि अब कफी शप धाइरहन पर्दैन । कपको आवश्यकता बिना कफीको चाहना अब गुडलाइफले पूरा गर्ने भएकाे हाे ।

कम्पनीका अनुसार याे विश्वको पहिलो चेविङ्गम हाे । वास्तविक तरल कफी भएको ‘कफी गम’ क्यापुचिनो र अमेरिकानो मन पराउनेहरूका लागि सान्दर्भिक हुने गुडलाइफले जनाएकाे छ । यो रोचक उत्पादन कफी प्रेमी र गमका शौखिनहरूका लागि डिजाइन गरिएको हो, जसले कपको आवश्यकता बिना कफीको चाहना पूरा गर्ने रमाइलो तरिका प्रदान गर्दछ।

कफी गमकाे मूल्य केवल २.५ रुपैयाँ पर्छ । ग्राहकले दुई जार कफी गम किन्दा एक निःशुल्क कप प्राप्त गर्नेछन् । प्रत्येक जारमा १५० वटा गम समावेश राखिएकाे छ । कफी गम २० सेप्टेम्बरदेखि बजारमा उपलब्ध भइसकेकाे कम्पनीले जनाएकाे छ ।

गुडलाईफका निर्देशक आशिष जाजुले भनेका छन्, ‘कफी गम युवा कफी प्रेमीहरूलाई लक्षित गरेर बनाइएको छ र यसले बजारमा एक सनसनीपूर्ण वातावरण बनाउनेमा हामी विश्वस्त छौं ।’

Logo