आईएमईमार्फत पैसा पठाउँदा प्रमिला रोकायाले जितिन् १ करोड

आईएमईमार्फत पैसा पठाउँदा प्रमिला रोकायाले जितिन् १ करोड

केन्द्रबिन्दु
546
Shares

काठमाडौं । जापानबाट आईएमईमार्फत रेमिट्यान्स गर्ने सेवाग्राही प्रमिला रोकायाले १ करोड रुपैयाँ जितेकी छन् ।

काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले लक्की ड्र छनोट गर्दा रोकाय भाग्यमानी विजेता बनेकी हुन् । रोकायाले जापानको क्योदाइबाट आईएमईमार्फत नेपाल रकम पठाएकी थिइन् । साे अवसरमा आईएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले भाग्यशाली सेवाग्राही रोकायनलाई बधाई दिएका थिए ।

आईएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम रेमिट्यान्समार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले गत वर्षको दशैं अगाडि ‘आईएमई गरौं, करोडपति बनौं’ योजना ल्याएको थियो ।

आईएमई एक वर्षअघि विदेशमा कमाएको रकम औपचारिक माध्यम आईएमई गरी रकम पठाउने सेवाग्राहीहरू मध्ये एक जनाले १ करोड रुपैयाँ नगद जित्ने अफर सार्वजनिक गरेको थियो । सँगसगै प्रत्येक महिना एक जनाले १ लाख नगद रुपैयाँ प्राप्त गरेका थिए ।

आईएमई गरी आईएमई पे वालेट, बैंक खातामा जम्मा गर्ने तथा आईएमई काउन्टरमा रकम पठाउने सेवाग्राहीहरू योजनामा सहभागी थिए ।

साथै ‘आईएमई गरौं, उद्यमी बनौं’ योजना आईएमईले विदेशमा कमाएको रकम पठाउन प्रोत्साहन गर्ने उद्देश्यले ‘आईएमई गरौँ, उद्यमी बनौं’ योजना सार्वजनिक गरेको छ । यो योजनामा आइएमई गरी रकम पठाउने सेवाग्राहीहरुको ‍३ जनाले उद्यमशील बन्न सहयोग पुग्ने गरी दोस्त पिक अप ट्रक जित्ने छन् । सँगसँगै पहिलो तिन महिना असोज सात गते देखि मंसिर मसान्त सम्म प्रत्येक दिन, प्रत्येक हप्ता रपमा काम गर्ने बताए ।

Logo