टिभिएसले घटायो प्रिमियम मोटरसाइकल रोनिनको मूल्य, अब कति ?

टिभिएसले घटायो प्रिमियम मोटरसाइकल रोनिनको मूल्य, अब कति ?

केन्द्रबिन्दु
462
Shares

काठमाडौं । टिभिएसले आफ्नो प्रिमियम मोटरसाइकल रोनिनको मूल्य घटाएको छ । फेस्टिभ सिजनको अवसरमा कम्पनीले रोनिनको मूल्य १४ हजार भारु कम गरेको हो ।

नेपाली बजारमा समेत उपलब्ध रोनिनको मूल्य ४ लाख ६० हजार रुपैयाँ निर्धारण गरिएको छ । अब घट्नेछ ।

मूल्य कटौतीको अलवा कम्पनीले यसको टप स्पेक भेरियन्टमा नयाँ कलर अप्सन पनि ल्याएको छ । यो मोटरसाइकल अब ग्रे र फ्लोरोसेन्ट हरियो ग्राफिक्ससहितको नयाँ ‘मिडनाइट ब्लू’ शेडमा उपलब्ध हुने कम्पनीले जनाएको छ । रोनिनमा २२५.९ सिसी सिंगल सिलिन्डर इन्जिन रहेको छ । यसले २० बिएचपी पावर र २० एनएम नै टर्क जेनेरेट गर्छ । इन्जिनलाई ५ स्पीड गियरबक्समा जोडिएको छ ।

Logo