सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

केन्द्रबिन्दु
476
Shares

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य सोमबार भने १ सय रूपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँ पुगेको छ । आइतबार सुन प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला १९ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर १९ सय ४० मूल्यमा किनबेच भइरहेको छ ।

Logo