चाडपर्व नजिकिएसँगै पेट्रोलमा एक र डिजेलमा दुई रुपैयाँ घट्यो, एलपी ग्यासको मूल्य यथावत

चाडपर्व नजिकिएसँगै पेट्रोलमा एक र डिजेलमा दुई रुपैयाँ घट्यो, एलपी ग्यासको मूल्य यथावत

केन्द्रबिन्दु
784
Shares

काठमाडौँ । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो ।

गएराति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोलमा एक, डिजेलमा दुई, हवाई इन्धनमा आन्तरिकमा छ तथा बाह्यमा प्रतिहजार लिटरमा ५, मट्टीतेलमा दुई रुपैयाँ घटाइएको जनाएको छ ।

एलपी ग्यासको मूल्य भारतबाट नेपाली ४१ बढेर आएकामा चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ । इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसुस गर्ने विश्वास गरिएको छ ।

Logo